'मेरो डान्स युनिभर्स'मा 'ऐंचो पैंचो' का कलाकार अतिथि

काठमाडौँ- आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा व्यस्त छ । केही दिन अघि कलेज क्याम्पियनबाट सुरु भएको सिनेमाको प्रचार यात्रा अहिले विभिन्न टेलिभिजन रियालिटी शोमा समेत केन्द्रित भएको हो ।
यही सिलसिलामा मंगलबार सिनेमाको टिम नेपालको सवैभन्दा ठूलो पुरस्कार राशि भएको 'मेरो डान्स युनिभर्स'को फाइनलमा पुगेको थियो । सिनेमाकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता सुशिल सिटौला शोको ग्राण्ड फिनालेमा पुगेका हुन् । 'मेरो डान्स युनिभर्स'को फाइनल केही सातामा प्रसारण गरिने आयोजक संस्थाले बताएको छ ।
सिनेमा अहिले गीत संगीत र सार्वजनिक टिजरमा कारण चर्चामा छ । आगामी शुक्रबार ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको सिनेमाको निर्माण त्यसपछि पुर्ण सिनेमाको प्रचारमा लाग्ने तयारीमा रहेको निर्देशक कृर्षा चौलागाईले बताइन् । सिनेमाको सफलताको लागि निर्देशक चौलागाई र निर्माता विशाल चौलागाईको यही हप्ता मुम्बई पुगेर सिद्धिविनायक मन्दिरमा पुजा समेत गरेका छन् ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमाको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया