भरतपुरले तोक्यो डेंगी परीक्षण शुल्क, अधिकतम ६ सय रुपैयाँ लाग्ने

चितवन- भरतपुर महानगरपालिकाभित्र रहेका स्वास्थ्य संस्थाले डेंगी परीक्षणमा मनपरी शुल्क लिन थालेपछि भरतपुर महानगरपालिकाले शुल्क तोकेको छ । डेंगी परीक्षणका लागि अधिकतम रु ६ सय तोकिएको हो ।
महानगर प्रमुख रेनु दाहालले शुल्कमा एकरूपता गराउन र नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शुल्क तोकिएको बताइन् । उनले महानगरका सम्बन्धित सबै स्वास्थ्य संस्थालाई समयमै रिपोर्ट दिन समेत अनुरोध गरिन् ।
जिल्लाका प्रदेशस्तरका स्वास्थ्य संस्थामा डेंगी परीक्षण निःशुल्क हुने गरेको छ । भरतपुर अस्पतालले भने रु आठ सय लिँदै आएकोमा अब रु छ सय मात्र लिने जनाएको छ ।
पछिल्लो समय जिल्लामा डेंगी रोगको सङ्क्रमण बढ्दै गएको छ । साउन यता जिल्लामा ५२ जनामा उक्त सङ्क्रमण पुष्टि भइसकेको छ ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया