रिजाल दाजुभाइको फिल्ममा पहिलोपल्ट अटाएनन् आर्यन, ‘काजी’मा भित्रिए विपिन

काठमाडौँ - दोस्रो फिल्मदेखि आर्यनलाई नछोडी फिल्म बनाउँदै आएका निर्देशक लक्ष्मण रिजाल र निर्माता रामप्रसाद रिजालले पहिलो पल्ट आर्यन सिग्देलको साथ छाडेका छन् । उनीहरूले बनाउन लागेको नयाँ फिल्म ‘काजी’मा विपिन कार्की अनुबन्ध भएका छन् । राम र लक्ष्मण दाजुभाइ हुन् ।
लक्ष्मण रिजालले आर्यनलाई लिएर ‘धुवाँ यो नशा’, ‘अलविदा’, ‘कायरा’ निर्देशन गरेका थिए । लक्ष्मण निर्माता रहेको अघिल्लो साल रिलिज ‘डिसेम्बर फल्स’मा पनि आर्यन छुटेका थिएनन् । तर ‘काजी’ मा आएर रिजाल दाजुभाइ र आर्यनको जुगलबन्दी छुटेको छ । स्रोतले यो फिल्ममा आर्यन देखिने सम्भावना नरहेको बतायो । लन्डनमा सुटिङ हुने भनिएको फिल्ममा वर्षा सिवाकोटी पहिले नै अनुबन्ध भइसकेकी छिन् ।
रिजाल दाजुभाइलाई असफलताका बावजुद निरन्तर फिल्म बनाउने निर्माताको रुपमा चिनिन्छ । दुवैको निर्माण रहेको ‘गणपति’ भादै १४ मा प्रदर्शनमा आउने चर्चा थियो तर यो फिल्म अहिले सुस्ताएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया