वीर अस्पतालका निर्देशक डा. पौडेलले भने : उपचारका लागि भनसुन गरेर र धनी वर्गले छुट नलिनू
अस्पतालले छुट लिएका व्यक्तिहरूको विवरण वेबसाइटमा सार्वजनिक गर्ने

काठमाडौँ- वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले भनसुन र दबाब दिएर धनी वर्गले छुट लिन नहुने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनसुन, दबाब दिएर धनी वर्गले छुट सहुलियत लिनु भनेको गरिब, बेवारिस र असहायको अधिकार वा भाग खोस्नु सरह रहेको बताएका हुन् ।
स्वास्थ्योपचारमा दबाब दिएर छुट लिन जानेलाई लक्षित गरी उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
‘आजै स्वास्थ्य बीमा गरौं , ढुक्कसँग स्वास्थ्योपचार गरौं,’ उनले भनेका छन्, 'छुट लिने सुविधा छुट पाउन योग्यका लागि मात्र हो तसर्थ आफैँले आफैँलाई गरिब घोषणा नगरौँ ।‘
छुट सहुलियत गरिब, असहाय र विपन्न नागरिकका लागि छुट्टयाइएको सामाजिक न्यायको सिद्धान्त अनुरूपको सरकारी व्यवस्था रहेको उनले बताएका छन् ।
‘हुनेले नहुनेलाई योगदान गर्ने सिद्धान्त हो । उपचारमा भनसुन अनैतिक मात्र हैन, समग्र प्रणाली कमजोर बनाउने घातक हतियार हो,’ उनले अगाडि भनेका छन् ।
उनका अनुसार सहुलियत माग्नु भनेको आफैँले असहाय स्वघोषणा गर्नु हो । वीर अस्पतालले अबदेखि मासिक रूपमा नै छुट लिएका व्यक्तिहरूको विवरण वेबसाइटमा सार्वजनिक गर्दैछ ।
‘ उपचार शुल्क तिर्न सक्ने क्षमता हुँदाहुँदै पनि छुट लिएर तपाईं आफूलाई असहाय/विपन्न स्वघोषणा त गरिरहनु भएको छैन?' उनले प्रश्न गरेका छन् ।
<

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया