आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

श्रृंगला फर्केको पर्सिपल्ट फेङ्हे काठमाडौं ओर्लने

काठमाडौँ : भारतीय विदेश सचिव हर्षध्दन श्रृंगला फर्केको पर्सिपल्ट चिनियाँ रक्षामन्त्री तथा पहिलो नम्बरमा रहेका स्टेट काउन्सिलर चिनियाँ वेई फेङ्हे १२ घण्टे भ्रमण गर्न नेपाल आउने भएका छन् । भारतीय विदेश सचिव श्रृंगला मंसिर ११ मा नेपाल आउनेछन् र दुई दिन बिताउनेछन् । उनी मंसिर १४ मा काठमाडौँ आउने कार्यक्रम तय भएको छ । यद्यपि उनको भ्रमाबारे परराष्ट्र र रक्षा मन्त्रालयले कुनै पनि जानकारी बाहिर ल्याएका छैनन् । उनको भ्रमण चिनियाँ राजदूतले तिहारको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्दा तय भएको थियो ।

चिनियाँले आफ्ना रक्षामन्त्री नेपाल आउन चाहेको जानकारी दिएपछि रक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्रीले निमन्त्रणा पठाएका थिए । उनी प्रधानमन्त्रीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । उनी नेपाल हुँदै बंगलादेश त्यसपछि पाकिस्तान जाने कार्यक्रम छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहको नेपाल भ्रमणको चर्चा चलिरहेका बेला चिनियाँ रक्षामन्त्री नेपाल आउन लागेका हुन् । उनको भ्रमणपछि चिनियाँ विदेशमन्त्री वाङ यीले पनि अर्को महिना नेपाल भ्रमण गर्ने भनिएको परराष्ट्रका अधिकारीले जानकारी दिएका छन् ।
  
नेपाल-चीन सम्बन्धको ६५ औं वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन रक्षा मन्त्री वेई नेपाल आउन लागेका हुन् । काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गर्ने द्विदेशीय सहयोग समन्वयको कार्यक्रममा उनको सहभागिता रहनेछ । उनको भ्रमणबारेमा प्रधानमन्त्री र राजदूतबीच निकै लामो छलफल भएको थियो ।

तत्कालीन उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलले गत वर्षको अक्टोबरमा चीन भ्रमण गरेका थिए । पोखरेलले त्यतिबेलै उनलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । उनै रक्षामन्त्री प्रधानमन्त्री कार्यालय तथा मान्त्रपरिषद् हेर्ने उपप्रधानमन्त्रीका रुपमा छन् । उनीसँग वेईको व्यक्तिगत सम्बन्धसमेत रहेकाले पनि यो भ्रमण अघि बढेको हुनसक्ने रक्षाका अधिकारीले बताए । भ्रमण तयारी प्रधानमन्त्री कार्यालयबाट भइरहेको पनि ती अधिकारीले बताए ।

चीनतर्फबाट विरलै उच्च अधिकारीस्तरको भ्रमण हुनेगर्छ । पछिल्लो समय यो स्तरको भ्रमण हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने परराष्ट्रका अधिकारीहरू बताउँछन् । नेपाल मात्र होइन, उनी यहाँबाट अन्य मुलुकसमेत जानेछन् । नेपाली सेना र चिनियाँ सेनाबीच जोइन्ट एक्सरसाइज हुन थालेपछिको यो उच्चस्तरको भ्रमण नेपालतिर हुन लागेको हो ।

चिनियाँ राष्ट्रपति सि चिनफिङले गतवर्ष अक्टोबरमा दुई दिने नेपाल भ्रमण गरेपछि चीनबाट नेपालतर्फ उच्चस्तरको भ्रमण भएको थिएन । मन्त्रीस्तरीय भ्रमण हुने र नियमित परराष्ट्र संयन्त्रको सहकार्य हुने भनिए पनि त्यो अनुरुप काम हुन सकेको थिएन । चिनियाँ कम्युनिष्ट पार्टी र नेपालको सत्तारुढ दलबीच सहकार्य बढ्दै जाँदा यो स्तरको भ्रमणले फरक अर्थ र संकेत गर्छ ।

चीनको स्टेट काउन्सिलरसमेत रहेका हुनाले उनी चिनियाँ उच्च नेतृत्वमध्येका एक हुन् । उनी राष्ट्रपति निकट छन् । सैन्य कमाण्डमा पनि सि पछि दोस्रो बरियतामा पर्छन् । उनको नेपाल भ्रमणलाई भारतसँगको चीनको सीमा क्षेत्रमा रहेको विषय मात्र होइन नेपालबाट चीनतर्फ हुन सक्ने विदेशी घूसपेठमा चीन सतर्क छ भन्‍ने संकेत पनि हो । उनले भ्रमणमा नेपालमा रक्षा सहकार्य र यहाँको क्षमता विकासमा सहयोग गर्ने समेत छन् ।

अमेरिका र भारतबीच साझेदारी बढेसँगै चीनले नेपाललगायत भारतको पकड भएका मुलुकमा आफ्नो उपस्थिति थप बलियो बनाउने रणनीति अघि बढाएको छ । चिनियाँ रक्षामन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री ओली र उपप्रधानमन्त्री ईश्‍वर पोखरेललगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख विपक्षी दलका नेतासँग छुट्टै भेट्ने कार्यक्रम बनाइएको छैन । 

औपचारिक भ्रमण हुँदा विपक्षी दलको नेतासँग भेट्ने लोकतान्त्रिक मुलुकको कूटनीतिक अभ्यास छ । सीमाको विषयलाई लिएर कांग्रेससँग निकै चिढिएको चीनले पुराना गाथा गाएर होइन, नयाँ सोचमा अघि बढ्न आवश्यक रहेको सन्देश दिइरहेको छ । 

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह