टोरन्टोमा छानियो नवीन सुब्बाको ‘गाउँ आएको बाटो’

काठमाडौँ- नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ टोरन्टो इन्टरनेसनल फिल्म फेस्टिभलको ४८ औँ संस्करणमा छनौट भएको छ । निर्माण टिमले बिहीबार सामाजिक सञ्जालमा फिल्म छनौट भएको सूचना जारी गरेको हो । सामाजिक सञ्जालमा जारी प्रेस विज्ञप्तिमा विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली चलचित्र छनौट हुनुले नेपाली चलचित्र क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।
राई जातिको सामाजिक पृष्ठभूमिमा बनेको यस चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतार चढावलाई नियाल्ने प्रयास गरिएको छ । यो चलचित्र सामुदायिक लगानीको अवधारणामा निर्माण भएको हो । यो चलचित्रको निर्माणमा देश भित्र र विश्वका विभिन्न देशहरूमा छरेर रहेका नेपालीहरूले सामूहिक लगानी गरेका छन् ।
चलचित्र भोजपुरको आमचोक, भोजपूर बजार, संखुवासभाको खाँदबारी र सुनसरीको धरानमा छायांकन भएको हो । चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा र प्रेम सुब्बा आदिको अभिनय रहेको छ । महेश राई र नवीन सुब्बाको लेखन रहेको यस चलचित्रमा जोस हेरमको छायाङ्कन, क्वान पुन लिउङको सम्पादन, हेडी लि को संगीत, किशोर आचार्यको ध्वनी, राज थापाको प्रडक्सन डिजाइन, जगदिश अधिकारी र सुजना श्रीशको कला, रजत राईको प्रप्स र सिकुमा राईको कस्टयुम डिजाइन छ ।
मिन्सो लिम्बू लाइन प्रोड्युसर रहेको चलचित्रको कार्यकारी निर्माता सन्जु राई, नरहाङ राई, भिम राई र देवराज राई रहेका छन् भने आमोद राई र नवीन सुब्बा निर्माता रहेको छन् । टोरन्टोको नयाँ संस्करण सेप्टेम्बर ७ देखि १७ सम्म चल्ने छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया