अविनाशको ‘एलिफेन्ट इन द फग’लाई ह्युबर्ट र बर्लिनालेको १ करोड ४० लाख बराबरको फन्ड

काठमाडौँ - अविनाश विक्रम शाहले निर्देशन रहने चलचित्र ‘एलिफेन्ट इन द फग’ले बर्लिनको वर्ल्ड सिनेमा फन्ड जितेको छ । चलचित्रले ४० हजार युरो बराबरको रकम जितेको हो । फिल्मका निर्माता अनुप पौडेलले नेपालीमा यो रकम रुपान्तरण गर्दा ५२ लाख हुन आउने जानकारी गराए ।
बर्लिनाले वर्ल्ड सिनेमा फन्ड भनिने यो कार्यक्रमको ३८ औँ संस्करणमा जुरीले १३ वटा फिल्मलाई सहयोग गर्ने घोषणा गरेका हुन् । जसमा नेपालबाहेक, भुटान, ब्राजिल, इन्डोनेसिया, इजरायल, प्यालेस्टाइन, सोमालिया, सुडान, टर्की आदि देश रहेका छन् । जुरीले १० फिल्मलाई प्रडक्सन फन्ड र तीन वटालाई वितरणको रकमका लागि सिफारिस गरेका हुन् ।
बर्लिनाले वर्ल्ड सिनेमा फन्डले ५० देशका १ सय ४० फिल्मबाट १३ वटा उत्कृष्ट चलचित्र छानेको जानकारी गराएको छ । निर्माता अनुप पौडेलले जर्मनीबाट प्राप्त रकमले फिल्म निर्माणमा सुविधा भएको बताए ।
‘अफकोर्स यो राम्रै रकम हो । तर, यो रकम एकैचोटि प्रयोग गर्न चाहिँ पाइँदैन,’ उनले स्पष्ट पारे, ‘यो फन्ड प्राप्त गर्न जर्मन निर्माता अनिवार्य हुनुपर्छ र उहाँहरूले साढे ७ प्रतिशत जति रकम लिनुहुन्छ । तर किस्ताबन्दीमा आए पनि यसले हामीलाई निर्माणमा राम्रै सहयोग हुन्छ ।’ अनुपले पहिलो किस्तामा ५० प्रतिशत आउने र बाँकी कामको विकाससँगै प्राप्त हुँदै जाने बताए ।
चलचित्रले नेदरल्यान्डको ६० हजार युरोको ह्युबर्ट बल्स फन्ड पनि जितिसकेको छ । नेपालीमा यो रकम लगभग ७८ लाख हुन आउँछ । चलचित्रले माइनोरोटी को- प्रडक्सन अन्तर्गत यो रकम जितेको यसको अफिसियल पेजमा उल्लेख छ । चलचित्रले सन्डान्स ल्याबबाट डेभलपमेन्ट फन्ड पनि पाएको थियो ।
अविनाश विक्रम शाहको लेखनसमेत रहेको चलचित्रले अर्को एउटा देशको फन्ड पनि जितेको छ । तर अनुपले यसको घोषणा नभई सकेकोले उल्लेख नगर्ने बताए । शाहको यो फिल्म भेनिसको 'ग्याप फाइनान्सिङ मार्केट'मा पनि छनौट भएको छ । भेनिसको यो संस्करण यही अगस्ट ३० बाट सुरु हुँदैछ ।
आउँदो जनवरी महिनामा सुटिङ गर्ने लक्ष्य राखिएको फिल्मले प्रेमीसँग विवाह गरेर ढुक्कको जीवन बिताउने पिरती नामकी पारलैंगिक महिलाको छोरी हराएपछिको उथुलपुथललाई चित्रण गरिएको छ । अनुपका अनुसार फिल्मको कुल बजेट ८ करोड हाराहारी रहेको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया