शुक्रबार ०२ साउन, २०८२
Friday, July 18, 2025

'सरकारले बहुमतको आडमा सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई छानबिनको दायरामा ल्याउन चाहेन'

काठमाडौँ- राष्ट्रिय सभाकी सांसद डा. विमला राई (पौड्याल) ले सरकारले बहुमतको आडमा सुन तस्करीमा संलग्न व्यक्तिहरूमाथि छानबिन गर्न नदिएको आरोप लगाउँदै त्यस्तो प्रयास गर्नु लोकतन्त्रका लागि नै घातक भएको टिप्पणी गरेकी छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सत्तापक्षले बहुमतको आडमा सो प्रकरणमा मुछिएकाहरूलाई छानबिनको दायरा नल्याउने काम गरिरहेको आरोप लगाउँदै त्यो लोकतन्त्रका लागि सबैभन्दा कुरूप पक्ष भएको जिकिर समेत गरिन् । सांसद पौडेलले गृहमन्त्रीमाथि नै सो प्रकरणमा शंका भएकाले एमालेले त्यसका लागि छानबिन गर्न उच्चस्तरीय समितिकै माग गर्नु परेको पनि दोहोर्याइन् ।

सांसद पौडेलले एमालेले सो प्रकरणको छानबिनलाई भरपर्दो र विश्वसनीय बनाउन पनि उच्चस्तरीय छानबिन समिति बनाउन उपयुक्त हुने बताइन् ।