संसद् अवरोधको विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौँ–संसद अवरोधको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ । प्रतिपक्षले निरन्तर गरिरहेको अवरोध कसरी हटाउने भन्ने विषयमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा कांग्रेस संसदीय दलको बैठक बसिरहेको हाे ।
बैठकमा सांसदहरुले संसद अवरोधका विषयमा आ–आफ्नो धारणा राखिरहेका छन् । त्यसैगरी बैठकमा संसदमा विचाराधिन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यान्वयन र संसदमा नेपाली कांग्रेसको प्रभावकारी भुमिकाको विषयलाई पनि एजेन्डा बनाइएको छ ।
बैठकमा बोल्ने सांसदहरुले बिहीवार पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउको विषयमा पनि जिज्ञासा राखेका छन् ।
यस्तै बैठकमा बाढी, पहिरोले देशभर भएकाे धनजनको क्षतिको राहत, उद्दार तथा पुनःस्थापना, पशु चौपायामा लागेको लम्पी स्किन रोगको रोकथाम र किसानलाई राहत, डेंगी, एडिनो भाइरस कन्जन्टिभाइटिस(आँखा पाक्ने रोग) को रोकथाम र उपचारका सम्बन्धमा सरकारलाई अनुरोध गर्ने विषय पनि समेटिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया