कांग्रेस संसदीय दलको बैठक : सांसद शर्मा पक्राउ अनुचित र आपत्तिजनक

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।
शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सांसद शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको र थप अध्ययनपश्चात धारणा सार्वजनिक गर्ने मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।
बैठकमा सांसदहरूले गम्भीर ढंगले उक्त विषयलाई उठाएको भन्दै लेखकले थप छलफल गरी आइतबार बस्ने बैठकले उचित निर्णय लिने बताए । उनले पक्राउ अनुचित र आपत्तिजनक रहेको सांसदहरूको भनाइ रहेको र बैठकले गम्भीरतापूर्वक लिएको उल्लेख गरे ।
संसदीय दलको बैठकले बाढी पहिरो र डुबानबाट भएको क्षतिका आधारमा भौतिक संरचनाको पुनर्निर्माण, राहत उद्धारको व्यवस्था गर्न माग गरेको छ भने लम्की स्किनका कारण किसानलाई ठूलो क्षति भएको भन्दै यसको नियन्त्रण र उचित क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकले डेंगी र आखा पाक्ने रोगको उपचारको उचित व्यवस्था र रोकथामको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको मुख्य सचेतक लेखकले बताए । बैठकले तराईका केही क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण रोपाई र खानेपानीको समेत समस्या भएकाले उचित ध्यान दिन आग्रह गरेको उनले बताए । लेखकले जनताको सरोकारका विषयहरू अभिव्यक्ति हुने संसदलाई लगातार अवरुद्ध गर्नु आपत्तिजनक विषय भएको जिकिर गरे ।
उनले सदन खुलाउन प्रतिपक्षी र सरकार गम्भीर हुनुपर्ने धारणा राखे । कांग्रेस संसदीय दलको बैठक आइतबार पुन: बस्ने लेखकले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया