सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गरौँ : सांसद पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने धारणा राखेका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद पौडेलले सुन तस्करी प्रकरणको छानबिन संसदीय समितिबाट गर्न सकिने बताएका हुन् । उनले प्रतिपक्ष दलले उच्चस्तरीय छानबिन समितिको माग गरेको र सत्तापक्ष सरकारी संयन्त्रबाट गर्न छानबिन गर्ने पक्षमा रहेको उल्लेख गर्दै मध्यम बिन्दुका रूपमा संसदीय समितिबाट छानबिन गर्न सकिने बताएका हुन् ।
संसदीय समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि बयानका लागि बोलाउन सक्ने उनको भनाइ छ । उनले संसदीय समितिले प्राविधिक रूपमा सिआइबी लगायतका सरकारी संयन्त्रहरूलाई पनि प्रयोग गर्नसक्ने जिकिर गरे । सांसद पौडेलले संसदीय समितिले विज्ञहरूको समिति बनाएर त्यसको सुझाव र प्रतिवेदन लिएर पनि छानबिन गर्नसक्ने उल्लेख गरे । उनले संसद् भित्रैबाट सांसदहरूको उच्चस्तरीय छानबिन समिति बनाउनुको कुनै अर्थ नभएको बताए ।
सांसद पौडेलले संसद् सधैं अवरुद्ध गरेर गाई जात्रा देखाइएको टिप्पणी समेत गरे । संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्ने उनकाे धारणा छ । संसदको अवरोध खुलाउन मुख्य रूपमा तीन शीर्ष नेताहरूको जिम्मेवारी भएको उनले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया