अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन : मन्त्री बस्नेत

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताएका छन् ।
शुक्रबार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताएका हुन् । उनले अब एक जना मान्छे पनि पैसा नभएका कारणले अस्पतालको बरण्डामा आत्महत्या गर्नु नपर्ने जिकिर गरे ।
मन्त्री बस्नेतले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने उल्लेख गरे । उनले स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभई अस्पतालजस्तो भइरहेको पनि बताए ।
उनले द्वन्द्वकालका घटनामा घाइते भएकाहरूको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गरे । द्वन्द्वकालका घाइतेहरूको उपचार गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ ।
मन्त्री बस्नेतले सरकारी अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको बताए । उनले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरूलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरूमा सुधार आइरहेको बताए । अस्पतालहरूले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको उनको भनाइ छ ।
उनले स्वास्थ्यकर्मीहरू दुर्गम ठाउँमा पनि सेवा दिन जान थालेका बताए ।

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

प्रतिक्रिया