काठमाडौँ महानगरले भोलिदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

काठमाडौँः काठमाडौँ महानगरपालिकाले भोलि(आइतबार)देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ । सरकारले तोकेको मापदण्डभित्रका व्यक्तिहरुको पीसीआर परीक्षणको लागि स्वाब संकलन कार्य पुनः सुचारु गर्न लागिएको महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।
शनिवार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको सालिक अनावरण कार्यक्रममा मेयर शाक्यले सो कुरा बताएका हुन् ।
कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई पीसीआर टेष्ट गर्न मेयर शाक्यले आग्रह गरेका छन् ।
यस्तै, कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न ‘मोबाइल भ्यान’ सञ्चालन गर्ने तयारी समेत रहेको उनले बताए ।

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण

पोखराको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सेवाग्राहीको चाप

प्रतिक्रिया