‘मानवअधिकार रक्षाका लागि तीनै तहका सरकारले काम गर्नुपर्छ’

जनकपुरधाम- मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानव अधिकारको रक्षाका लागि तीनै तहका सरकारले इमान्दारीपूर्वक काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगको मधेश प्रदेशको कार्यालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित प्रदेश स्तरीय 'मानव अधिकारको विश्वव्यापी आवधिक पुनरावलोकनबाट प्राप्त सिफारिस र पाँचौँ राष्ट्रिय कार्ययोजना' सम्बन्धी छलफल कार्यक्रममा सभामुख मण्डलले मष्तिष्क र हृदयलाई साक्षी राखेर तीनै तहका सरकारले काम गरे मानवअधिकारको रक्षा हुन सक्ने बताए ।
उनले संविधानमा उल्लेखित मौलिक हकहरूलाई मात्रै तीनै तहका सरकारले कार्यान्वयन गराउन सके धेरै हदसम्म मानवअधिकार रक्षा सम्बन्धी समस्या समाधान हुने बताए । त्यसका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक रहेको उनकाे भनाइ छ ।
प्रशासनबाटै मानवअधिकार हनन हुने गरेको सहभागीहरूको आरोपमा कार्यक्रममा विशिष्ट अतिथि धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मानव अधिकारको रक्षा गर्ने क्रममा कसैको अधिकार हनन नहोस् भन्ने कुराको ख्याल गर्नु बताए ।
त्यस्तै सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वर्तमान संविधानमा रहेका मौलिक हक राज्यको क्षमताले भ्याएसम्म कार्यान्वयन आएको दाबी गरे ।
राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेशका प्रमुख मञ्जु खतिवडाले मानव अधिकार रक्षाको विषयमा कर्पोरेट सेन्टरहरू संवेदनशील नरहेको भन्दै मानव अधिकारप्रति संवेदनशील हुन आग्रह गरिन् ।

दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले रुसी प्रतिनिधि मण्डलसँग भने, ‘नेपालीलाई अब रुसी सेनामा भर्ना न…

मनसुन सुरु हुनु अगावै सडक स्तरोन्नतिको व्यवस्था गराउन सांसदको माग

सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति

टेरामक्स प्रकरण : मोहन बस्नेतसहित मुद्दा दायर गरिएका अरू १६ जना को-को हुन् ?

टेरामक्स प्रकरण : मोहन बस्नेत सांसद पदबाट निलम्बित

प्रतिक्रिया