ग्रेटा गेरविग बनिन् हलिउडमा सबैभन्दा बढी कमाउने फिल्मकी निर्देशक

लसएन्जल्स - ग्रेटा गेरविग निर्देशित फिल्म ‘बार्बी’ले हरेक हप्ता नयाँ रेकर्ड कायम गरिरहेको छ । बक्स अफिसमा तुफान मच्चाइरहेको यो फिल्मले अघिल्लो हप्ता एक अर्ब उमेरिकी डलर कमाइ गरेर रेकर्ड राखेको थियो । यो हप्ता कमाइको शृंखला जारी राख्दै फिल्मले नयाँ इतिहास रचेको छ ।
हलिउड रिपोर्टरका अनुसार यो फिल्मकी निर्देशक ग्रेटा गेरविग सबैभन्दा बढी कमाइ गर्ने फिल्मकी महिला निर्देशक बनेकी छिन् । यो क्रममा उनले ‘फ्रोजन २’का निर्देशक जेनिफर ली र क्रिस बकलाई उछिनेकी हुन् ।
वाल्ट डिज्नेले सन् २०१९ मा रिलिज गरेको यो फिल्मले ४ सय ७७ मिलियन डलर कमाइ गरेको थियो । ‘बार्बी’ले बिहीबारसम्ममा ४ सय ९२ मिलियन कमाइ गरेको छ । यो विकेन्ड सकिँदा फिल्मले ५ सय मिलियन कमाइ गर्ने पक्का भएको छ । योसँगै फिल्म घरेलु बजारबाट मात्र ५ सय मिलियन कमाइ गर्ने २० औँ फिल्म बनेको छ ।
गेरविगले लाइभ एक्सन विधाको फिल्ममा पनि रेकर्ड कायम गरेकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया