फिफा विश्वकप : कोलम्बियाविरुद्ध कमब्याक जित निकाल्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौँ- इङ्ग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको स्टेडियम अस्ट्रेलियामा आज भएको क्वार्टरफाइनल खेलमा कोलम्बियाविरुद्ध कमब्याक जित निकाल्दै इङ्ग्ल्यान्ड लगातार तेस्रो पटक अन्तिम ४ मा प्रवेश गरेको हो ।
लेसी सान्टोसले ४४औँ मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएकी थिइन् । तर, त्यो अग्रता केही समय मात्र टिकेको थियो । पहिलो हाफको इन्जुरी समयमा लरेन हेम्पले गोल गर्दै पहिलो हाफ बराबरीमा सकिएको थियो ।
खेलको ६३ औँ मिनेटमा एलेसिया रुसोले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाइन् । १-० ले पछि परेको खेल २-१ ले जित्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसैसँग क्वार्टरफाइनलका खेलहरू सकिएका छन् ।
मंगलबार हुने पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेन भिड्दै छन् भने बुधबार हुने दोस्रो सेमिफाइनलमा आयोजक अस्ट्रेलिया र इङ्ग्ल्यान्ड भिड्ने छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया