वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गर्याे : केपी ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गरेको टिप्पणी गरेका छन् ।
शनिबार काठमाडौँमा गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र नेपालको साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले पाकिस्तानी राजनीति सुरु गरेको भन्दै पाकिस्तानी राजनीति र प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका हुन् ।
उनले सरकारलाई धेरै नहौसिन र अधिनायकवाद नदेखाउन सुझाव दिए । कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गर्दै सरकारविरुद्ध बोल्नेको मुख बन्द गर्न खोजेको र अरुलाई तर्साउन खोजेको उनले बताए । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गर्नु नांगो नाच भएको तर्क गरे ।
सांसद शर्मालाई अहिलेको अवस्थामा पक्राउ गर्नु सामान्य विषय नभएको उनको भनाइ छ । अध्यक्ष ओलीले सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन नमानेर सरकारले आफू छानबिन गर्छु भन्नु रहस्यमय रहेको बताए । उनले एमालेले सुन प्रकरणमा उठेर बोल्न खोल्दा सत्तापक्षहरूले होहल्ला गरेर बोल्न नदिएको जिकिर गरे ।
त्यस्तै उनले कांग्रेस के र कसका लागि पछि लागेको हो भन्ने बुझ्न नसकेको भन्दै देशको नेतृत्व गर्न सक्छु भन्ने आत्मबल नै गुमाइसकेको बताए । उनले चार वटा मन्त्री लिएर साना पार्टीको पछि लाग्ने रहर कांग्रेसमा देखिएको उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया