न्यायपालिका गम्भीर र संवेदनशील छ : कामु प्रधानन्यायाधीश

काठमाडौँ- कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नागरिकलाई स्वच्छ, निष्पक्ष र छिटोछरितो तथा प्रभावकारी न्यायसम्पादन प्रदान गर्न न्यायपालिका गम्भीर र संवेदनशील रहेको बताएका छन् ।
नेपाल कानुन व्यवसायी परिषद्को ३० औं वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा श्रेष्ठले योजनाबद्ध सुधार तथा विशेष अभियान तथा न्यायाधीश लगायत सरोकारवाला सबैको प्रतिबद्धता र लगनका कारण न्यायसम्पादनमा सकारात्मक उपलब्धिहरू देखा पर्न थालेको समेत बताए ।
कोरोनाका कारण लामो समयसम्म पर्न गएको प्रभावको व्यवस्थापनको चुनौती रहेको र अदालतमा लामो समयदेखि न्यायाधीशको दरबन्दी रिक्त रहेको अवस्थाका बीच गत आर्थिक वर्षमा देशैभरका अदालतको मुद्दा फर्छ्यौटको अवस्था उत्साहपूर्ण रहेको उनले बताए ।
कामु प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकाका लागि कानुन व्यवसायीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले परिषद्को सीमित स्रोत साधनका बाबजुद गरेको कार्यसम्पादन सन्तोषजनक रहेको भन्दै परिषद्को कामकारबाहीलाई प्रभावकारी बनाउन आवश्यक पर्ने सहयोगका लागि पहल गर्ने जिकिर गरे ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया