चुरे दोहनका कारणा मधेश मरुभूमि बन्दैछ : कृषि मन्त्री भुसाल

महाेतरी - कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्वर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।
ग्रामीण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको बताए । विशेषगरि धान उत्पादनमा यसको प्रभाव प्रत्यक्ष परेको बताउँदै चुरे हरियाली नभएसम्म तराईका जमिन बन्झर नै बनिरहने उनकाे तर्क छ ।
मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन,´ उनले भने, `अब चुरे बचाउनुको विकल्प नै छैन ।´ उनका अनुसार चुरे रहेसम्म मधेश रहने बताउँदै स्थानीय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेकाे छ ।
पछिल्लो केही बर्ष यता मधेसमा चुरे दोहन कै कारण सिँचाइका नहरहरू सुकेका छन भने खानेपानीको समस्या त बढ्दै गएको छ । मधेसका जिल्लाहरूमा खानेपानी र सिँचाइको हाहाकार नै बने पछि मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया