‘एमालेले सुदूरपश्चिम सरकारबाट मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिन्छ, नदिए कारबाही गर्छ’

धनगढी : नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारबाट एमालेका मन्त्रीलाई फिर्ता बोलाइने बताएका छन् । अध्यक्ष थापाले माओवादी केन्द्रले नेतृत्व गरेको सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमालेका तीन जना मन्त्रीलाई फिर्ता बोलाइने बताएका हुन् ।
‘सुदूरपश्चिम प्रदेशमा एमाले सबैभन्दा ठूलो दल हो,’ उनले भने, ‘आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि अहिलेको मन्त्रिमण्डलमा रहेका एमालेका तीन जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय प्रदेश कमिटीले गरिसकेको छ ।’
सुदूरपश्चिम प्रदेश सरकारमा एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ । अध्यक्ष थाापका अनुसार गत चैत १५ गते नै नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो ।

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया