ह्यारी केनले डेब्यु गरेकै खेलमा बायर्न पराजित

काठमाडौँ- इंग्ल्यान्डका कप्तान ह्यारी केनले डेब्यु गरेकै खेलमा जर्मन क्लब बार्यन म्युनिख पराजित भएको छ ।
जर्मन सुपर कपअन्तर्गत बायर्नले आरबी लेइपजिगविरुद्ध ३-० को पराजय भोगेको हो ।
इंग्लिस क्लब टोटेनहम छाडेको केही घण्टापछि नै बार्यनका लागि केन मैदानमा उत्रिएका थिए ।
६४ औँ मिनेटमा मैदान प्रवेश गरेका केनले खेलमा खासै प्रभाव पार्न सकेनन्।
लेइपजिगको जितमा डानी ओल्मीले ह्याट्रिक पूरा गरे । केन मैदान प्रवेश गरेपछि स्पेनिस फरवार्ड ओल्मोले ६८ औँ मिनेटमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरेका थिए ।
यससँगै लेइपजिगले जर्मन सुपर कपको उपाधि उचाल्यो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया