वेस्ट इन्डिजमाथि भारतको शानदार जित, सिरिज बराबरीमा
काठमाडौँ- पाँच खेलको टी-ट्वान्टी सिरिजको चौँथो खेलमा भारतले आयोजक वेस्ट इन्डिजमाथि शानदार जित हात पारेको छ ।
अमेरिकाको लाउडरहिलमा शनिबार राति भएको चौँथो खेलमा भारतले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको हो ।
यससँगै सिरिज २-२ को अवस्थामा पुगेको छ । आइतबार हुने अन्तिम खेलको विजेताले सिरिज जित्नेछ ।
शनिबार राति १ सय ७९ रनको लक्ष्य भातरले १७ ओभरमा केवल एक विकेट गुमाएर पूरा गर्यो । भारतका लागि यशस्वी जयसवालले सर्वाधिक ८४ तथा शुवमन गिलले ७७ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७८ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि शिमरोन हेटमेयरले सर्वाधिक ६१ रन बनाए । भारतका लागि अर्शदिप सिंहले सर्वाधिक ३ विकेट हात पारे ।

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

प्रतिक्रिया