राप्रपामा लफडा, असन्तुष्ट पक्षको लोकन्थलीमा अलग्गै बैठक

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीमा नेतृत्वको क्षमता र कार्यशैली बारे प्रश्न उठ्न थालेको छ । निकै अगाडिदेखि असन्तुष्टहरुले चलखेल सुरु भए तापनि पछिल्लो समय बैठक कै रुपमा असन्तुष्टि प्रकट भएको छ।
राप्रपाका संस्थापक नेता पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भेटघाटको रुपमा बोलाएको बैठकमा नेतृत्वको आलोचना भएको हो । निर्देशन समितिमा रहेकाहरुलाई बोलाइएको बैठकमा महामन्त्री धवलशमसेर राणाले यथास्थितिबाट पार्टी अघि बढ्न नसक्ने दाबी गरेका छन् ।
विधि मिचेर मनपरी र स्वेच्छाचारी ढङ्गले नेतृत्व अघि बढेकोले यो स्वीकार्य हुन नसक्ने राणाको भनाई थियो। निर्देशन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नवराज सुबेदीले पनि पार्टी विधि सम्मत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिँदै त्यसो हुन नसके समस्या उत्पन्न हुन सक्ने तर्फ सचेत गराएका थिए ।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले धेरै साथीहरूको गुनासो भएकोले पार्टीमा किन सुनुवाइ भएन भनेर आफू चिन्तित भएको भनाई राखेका थिए । विधि विधान भन्दा पनि राजनीतिक र व्यवहारिक रुपमा केही निर्णय भएकोले प्रश्न उठेको हुन सक्ने भन्दै सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापाले बैठकमा असन्तुष्टिलाई थप चर्किन दिएका थिएनन् ।
बैठकमा उपस्थित दिपक बोहरा, उद्धब पौडेल, जयन्त चन्द, निलकण्ठ काफ्ले लगायतले बोलेनन् भने रबिन्द्र मिश्र र राजेन्द्र गुरुङको धारणा मध्यमार्गी किसिमको थियो । बैठकमा आमन्त्रित पशुपतिशमशेर राणा, बुद्धिमान तामाङ, बिक्रम पाण्डे, भुवन पाठक, कुन्ती शाही अनुपस्थित थिए । पशुपतिशमशेर राणा पुस्तक विमोचन कार्यक्रममा ब्यस्त रहेको ,बिक्रम पाण्डेको आँखामा समस्या देखिएको, कुन्ती शाही विदेश भ्रमणमा रहेको ,भुवन पाठक बागमती प्रदेश सभामुखको जिम्मेवारले गर्दा अनुपस्थित भएको जानकारी दिइएको थियो ।
पार्टी स्रोतका अनुसार राप्रपा चाँडै सत्तामा जाने तयारीमा रहेको र यसरी सरकारमा जाने समयमा त्यो बैठकमा उपस्थित भएर अध्यक्ष लिङ्देनसँग सम्बन्ध नबिगार्न चाहेकोले राणा, पाण्डे र तामाङ अनुपस्थित भएका हुन् । पार्टी सरकारमा जाँदा तीनै जनाले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्, स्रोतले भन्यो ।
राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि पार्टी संचालनको क्रममा धेरै असन्तुलन देखिएको, विधि मिचिएको, स्वेच्छाचारी र सर्बसत्ताबादी मानसिकताले काम गर्ने गरिएको, पुराना योगदान दिएकाहरुको अवमूल्यन गरिएको, महाधिवेशनबाट पारित सत्ता केन्द्रित नहुने नीतिलाई लत्यायर सत्ता लिप्सा देखाएको, एजेन्डा स्थापित गर्न आन्दोलन गर्न रुचि नदेखाएको, सबैलाई समेट्न भन्दा एकांकी रुपमा अघि बढेको जस्ता विषयले असन्तुष्टि चुलिएको बताइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया