कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता कटुवाल नियुक्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सरकारको कानुनी सल्लाहकारको भूमिकामा रहने मुख्य न्यायाधिवक्ता पदमा कांग्रेस निकट अधिवक्ता बुद्धिबहादुर कटुवाललाई नियुक्त गरेका छन् ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता कटुवाललाई सोमबार बिहान कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गको उपस्थितिमा उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारुले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्री थापाले सुनसरीको वराहक्षेत्र गाउँपालिका–३ निबासी कटुवाललाई मुख्य न्यायाधिवक्ता नियुक्तिका लागि प्रदेश प्रमुख खापुङ्ग समक्ष सिफारिस गरेका थिए ।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था अनुसार कटुवाललाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको हो ।
पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा नियुक्त भएका मुख्यन्यायाधिवक्ता गजेन्द्र आचार्यले गत असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया