चेल्सीले लिभरपुलसँग अंक खोस्यो

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र लिभरपुलले बराबरी खेलेका छन् ।
चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो ।
लुइस डियाजले खेलको १८ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
तर घरेलु टोली चेल्सीका लागि प्रिमियर लिगमा डेब्यु गरेका एक्सेल डिआसीले ३७ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए ।
त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल १-१ को बराबरीमै टुंगिएको थियो ।
यसैगरी, टोटेनहम र ब्रेन्टफोर्डबीचको खेल २-२ को बराबरीमा सकियो । टोटेनहमका लागि क्रिस्टियन रोमेरो र एमर्सन रोयालले गोल गरे भने ब्रेन्टफोर्डका लागि ब्रायन म्ब्यूमो र योने विसाले गोल गरे ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया