बक्स अफिसमा सन्नी देओलको ‘गदर’

मुम्बई - २२ वर्षपछि सन्नी देओलले बक्स अफिसमा सुनामी ल्याएका छन् । पहिलो ‘गदर’ रिलिजपछि बक्स अफिसमा दर्शक बोलाउन असफल रहेका सन्नी देओलको ‘गदर २’ले भने पैसा बर्साइरहेको छ । फिल्मले आइतबार मात्र ५१ करोडको व्यापार गरेर तीन दिनमै सय करोड क्लबमा प्रवेश पाएको छ ।
पहिलो दिन फिल्मले बक्स अफिसमा ४० करोडको व्यापार गरेको थियो भने दोस्रो दिन शनिबार ४३ करोडको । आइतबार ५१ करोडको व्यापार गर्दै फिल्मले तीन दिनमा कुल १ सय ३४ करोड कमाइ गरेको छ ।
सोमबार पनि बिदा परेकाले यो फिल्मले आइतबारकै हाराहारीमा व्यापार गर्ने अनुमान गरिएको छ । भारत पाकिस्तानको विभाजनको पृष्ठभूमिमा प्रेमकथा पस्केको पहिलो शृंखलाले अपत्यारिलो व्यापार गरेको थियो । फिल्मको शीर्ष भूमिकामा सन्नी देओल र अमिषा पटेल छन् ।
अघिल्लो शृंखलामा श्रीमति देश फर्काउन पाकिस्तान पुगेर विद्रोह गर्ने सन्नीले यो पटक छोराका लागि उस्तै लडाइँ लडेका छन् । यो फिल्मले भारतमा मात्र ५ सय करोड माथिको व्यापार गर्ने अनुमान गरिएको छ । यही फिल्मसँगै रिलिज ‘जेलर’ र ‘ओएमजी २’ले पनि राम्रो व्यापार गरेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया