सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

गुन्डोगानले डेब्यु गरेको खेलमा बार्सिलोनाले गेटाफेसँग अंक बाँड्यो

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत साविक विजेता बार्सिलोनाले पहिलो खेलमै बराबरी खेलेको छ ।

म्यानचेस्टर सिटीका पूर्व कप्तान इल्के गुन्डोगानले डेब्यु गरेको खेलमा बार्सिलोनाले गेटाफेसँग गोलरहित बराबरी खेलेको हो ।

जर्मनीका ३२ वर्षीय मिडफिल्डर गुन्डोगान यसै समरमा स्पेनिस क्लब बार्सिलोनामा आवद्ध भएका हुन् ।

ला लिगाकै अन्य खेलमा रियल बेटिसले भिल्लारियललाई २-१ तथा ओसासुनाले सेल्टा भिगोलाई २-० ले पराजित गर्‍यो ।