चाँगुनारायण फाउन्डेसनको सहयोगमा सोलुमा नयाँ विद्यालय भवन
काठमाडौं- चाँगुनारायण फाउन्डेसनको २ करोड २४ लाख ४२ हजार ६१४ रूपैयाँको सहयोगमा सोलुखुम्बुस्थित जुनबेशी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण कार्य सुरू भएको छ।
आगामी २०८१ असार १६ गते सम्पन्न गर्ने गरी भवन निर्माणको जिम्मेवारी आरआर अमर ज्योति जेभिले पाएको छ। सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले गत शुक्रबार उक्त सुविधा सम्पन्न विद्यालय भवनको शिलान्यास गरेका हुन्।
भवन शिलान्यास गर्दै मेयर शेर्पाले निर्माण कम्पनीलाई गुणस्तरमा ध्यान पुर्याउन निर्देशन दिए। गुणस्तरीय शिक्षासँगै स्तरीय भौतिक पूर्वाधार निर्माणमा नगरपालिका लागि परेको बताउँदै उनले गुणस्तरीय शिक्षा दिन शिक्षक, अभिभावक र विद्यार्थी सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।
विद्यालयका प्रधानाध्यापक भरत राईले गुणस्तरीय शिक्षाका लागि समयानुकूल पठनपाठनमा जोड दिए।
जुनबेसी माध्यमिक विद्यालय सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा अवस्थित छ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया