मंगलबार ०६ साउन, २०८२
Tuesday, July 22, 2025

संसदमा सुनील शर्माको प्रश्न : प्रधानमन्त्री र गृहमन्त्री आतंककारी कि डेमोक्रेटिक सरकारको नेतृत्व हुन् ?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री नारायणकाजी श्रेष्ठ आतंकारी सरकारको कि डेमोक्रेटिक सरकारको नेतृत्व लिएका हुन् भन्दै प्रश्न गरेका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई सीआईबीले पक्राउ गरेर हातपात गरेको विषयमा जानकारी गराउँदै सांसद शर्माले लडेर, जेलनेल भोगेर अग्रज नेताहरूले ल्याएको प्रजातान्त्रिक व्यवस्थामा आफूमाथि भएको व्यवहारलाई लिएर उक्त प्रश्न गरेका हुन् । 

साथै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा नदिए आफू अनशन बस्ने शर्माले चेतावनीसमेत दिए । सुन तस्करीलाई कारबाही गर्नुपर्ने माग राखेकै कारण आफूलाई पक्राउ गराइएको उनको भनाइ छ ।  

आतंकारी शब्दप्रति माओवादी सांसदहरूले प्रतिवाद गरेका थिए ।