एमालेको नाराबाजी र विरोधपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ– सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि प्रतिनिधिसभाको सोमबारको बैठक पनि स्थगित भएको छ । सोमबार बैठक सरु भएपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुखले कांग्रेस सांसद सुनिल शर्मालाई बोल्न दिएका थिए । उनले बोले लगत्तै एमालेका सांसद मानबीर राईले बोल्ने मौका पाएका थिए । उनले सत्तापक्षले सुन प्रकरणमा छानबिन गर्न कुनै मनसाय नदेखाएको र सरकारले अरुको कुरा नसुनेको भन्दै विरोध जनाएका थिए । त्यसपछि सत्ता पक्षबाट माओवादी सांसद हितराज पाण्डेले आतङ्ककारी शब्द प्रयोग भएकोमा नियमापत्ति जनाएका थिए ।
त्यसपछि पनि एमाले सांसदहरूले निरन्तर उठेर विरोध जनाएका थिए । एमाले सांसद नाराबाजीमा उत्रिएपछि बैठक आइतबारसम्मका लागि स्थगित भएको थियो ।
एमालेले सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन नभएसम्म प्रतिनिधिसभा चल्न नदिने निर्णय गरेको थियो । जसका कारण प्रतिनिधिसभा र राष्ट्रियसभा लगातार स्थगित भइरहेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया