राजनीतिक कथामा कमेडीको दाउपेच ‘ऐँचो पैँचो’ ट्रेलर

काठमाडौँ - निर्माता कृषा चौँलागाइँको डेब्यू निर्देशन रहेको चलचित्र ‘ऐँचो पैँचो’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीको एक हलमा औपचारिक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । साढे दुई घन्टा लामो ट्रेलरले राजनीतिक खिचातानीको कथा प्रस्तुत गर्छ ।
कमेडी फ्लेबरमा बनाउन खोजिएका ट्रेलरमा हाँसो छुटाइहाल्ने पन्च त छैनन् तर पनि हास्यरसको रमरमी भने भेट्न सकिन्छ । ट्रेलरले सत्ता र प्रतिपक्षको एक अर्कालाई रिङबाहिर पठाउने संघर्षको पनि छनक महसुस गर्न पाइन्छ । ट्रेलरमा राजनीति र कमेडीबीच सन्तुलन मिलाउने प्रयास गरिएको छ ।
केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको पटकथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी, प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया