गृहमन्त्रीले बिनासर्त राजीनामा नदिए आमरण अनसन सुरु गर्छु : कांग्रेस सांसद शर्मा

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।
आफूलाई गैरकानुनी रूपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिनासर्त तत्काल राजीनामा दिनुपर्ने उनको जिकिर थियो । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूले आमरण अनसन बस्ने चेतावनी समेत दिए । त्यसपछि परिस्थिति अनुसार आफूले थप भनाई राख्दै जाने पनि सांसद शर्माले बताए ।
गृहमन्त्री श्रेष्ठले आफूलाई आतंककारी जस्तो बनाएर पक्राउ गरेकाले बिनासर्त राजीनामा दिनुपर्ने उनको माग छ ।
सांसद शर्माले लोकतान्त्रिक मुलुकको सांसदलाई बिनापक्राउ पुर्जी पक्राउ गर्न पाइन्छ ? भनेर समेत पटकपटक प्रश्न गरे । पक्राउ गर्ने क्रममा प्रहरीले आफूमाथि दुई/ दुई पटक हातपात समेत गरेको सांसद शर्माले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया