उपराष्ट्रपति यादव चीन प्रस्थान

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव जनवादी गणतन्त्र चीनको साताव्यापी भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ठ कक्षमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालका लागि चिनियाँ राजदूत, उच्च सरकारी अधिकारीलगायतले बिदाई गरे ।
चीनको कुनमिङमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मेला यही साउन ३१ देखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछ ।
चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा छन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया