विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय : कांग्रेस

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको बताएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्ता गैरकानुनी पूर्ण रूपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानबिनको दायराभित्र ल्याइ कानुनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ ।
प्रमुख सचेतक रमेश लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गरिएको बताए ।
‘हालै अवैध ढंगले पैठारी भइ त्रिभुवन विमानस्थलबाट बाहिर निस्किई पक्राउ गरिएको एक क्विन्टल सुनको विषयमा यो बैठकको ध्यान गम्भीर रूपले आकृष्ट भएको छ । त्रिभुवन विमानस्थलजस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट नै अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको छ । यस्ता घटना विगतमा पनि भएका छन् । पटक–पटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको छ,' उनले भने, 'यस्ता गैर कानुनी कार्य निस्तेज गर्न पूर्ण रूपले नियन्त्रण हुनुपर्दछ । निस्तेज एवं पूर्ण रूपले नियन्त्रण हुनुपर्दछ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया