संसद् अवरोध गर्नु जायज छैन : प्रदीप यादव

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमाथि खेलवाड गरेको बताएका छन् ।
सोमबार संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरोध गरेर संसदमाथि खेलवाड गरेको बताएका हुन् । उनले यतिखेर संसद् अवरोध गर्नु जायज नभएको भन्दै संसद् अवरोध गर्न एमालेले नाटक रचेको बताए । उनले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति बनाउनु आवश्यक नभएको बताए ।
यादवले समिति बनाए प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै आपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको भएको जिकिर गरे । प्रहरीमाथि विश्वास गर्नुपर्ने उनकाे भनाइ छ ।
सांसद यादवले गौर हत्याकाण्डको विषयलाई उठाएर जसपामाथि षड्यन्त्र र घेराबन्दी गर्न खोजिएको पनि उल्लेख गरे । उनले तत्कालीन माओवादीको हठका कारण गौर हत्याकाण्ड भएको बताए । उनले सो घटनाको छानबिन दुई वटा उच्चस्तरीय समितिले गरेको भन्दै छानबिन समितिले सरकारलाई दिएको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया