शनिबार ३० चैत, २०८१
Saturday, April 12, 2025

यूएईमा मनाइयो २९औं विश्व आदिवासी दिवस (तस्वीरहरू)

काठमाडौँ- नेपाल आदिवासी जनजाति महासंघ यूएईले २९औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस मनाएको छ । आइतबार हिमालदेखि पहाडसम्मको नेपाली मौलिक झाँकीहरू प्रस्तुत गरिएको उक्त कार्यक्रममा नेपाली मौलिक पहिचानका स्टलहरु समेत प्रदर्शनीमा राखिएको थियो । 

नेपाली दूतावासका सहकार्य राजदूत विशाल भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ यूएईको ९ औं महाधिवेशनले विक्रम लिम्बुको नेतृत्वमा निर्वाचित गरिएको २२ सदस्यीय समिति घोषणा गरिएको थियो ।

नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा हरी मोक्तानसहित महासचिवमा धन कृष्ण राई रहेका छन् । त्यसैगरी उपाध्यक्षमा राजु गुरुङ, महिला उपाध्यक्षमा मनु गाहा मगर, सचिव बुद्दी तामाङ र कोषाध्यक्ष सुरेन तामाङ लगायत रहेका छन् ।

सहकोषाध्यक्षमा भुमी लिम्बु, महिला प्रमुखमा सरु शितल राई र साँस्कृतिक विभाग प्रमुखमा शिला राना मगर निर्वाचित भएका छन् । सदस्यहरुमा डोल राना मगर, बबिता राजकोटी मगर, योगेस लिम्बु, सुनिल मान श्रेष्ठ, लोक ब. श्रेष्ठ, रमानन्द चौधरी, खेम महतो, गृष्मा गुरुङ, पेम्बा शेर्पा, युवराज सुनुवार, दिल माया सुनुवार र  हरी खवास रहेका छन् ।

कार्यक्रममा दूतावासका श्रम काउन्सिलर दिनबन्धु सुबेदी, द्वितिय सचिब भुवन ओझा, नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय परिषदका संयोजक तथा गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद तदर्थ समिति यूएईका अध्यक्ष पासाङ शेर्पा, एनआरएनए, आइसिसी उपाध्यक्ष धर्मराज अधिकारी, नेपाली समाज यूएईका संस्थापक अध्यक्ष सिपी सापकोटा, नेफिन युएईका संस्थापक सदस्य राजु गुरुङ, अनेकस यूएईका अध्यक्ष एमडी बोहरा, बिजनेस काउन्सिलका कोषाध्यक्ष एकेन्द्र थापा, सामाजिक अभियन्ता निमेश गिरी, गैर आवासीय नेपाली संघ आईसिसी सदस्यहरु कल्पना राई र रोमा अधिकारी, गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद यूएईका सल्लाहकार सुधिर थापा, व्यवसायी सरोज बिष्ट, रोम तङनामी मगर लगायतको उपस्थिति रहेको थियो । 

मिस्टर एण्ड मिस इण्डिजिनियस प्रतियोगिता

यूएईमा आदिवासी-जनजाति युवाहरुको व्यक्तित्व विकास र आत्मविश्वासलाई बढावा दिन मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता विगत ४ वर्ष देखि लगातार आयोजना गर्दै आएकोमा यसपटक मिस इन्डिजिनियसमा तामाङ समाज यूएईकी निशा तामाङ र मिस्टर इन्डिजिनियसमा किरात याकथुङ चुम्लुम यूएईका दिनेश कुमार लिम्बु विजेता बनेका थिए ।

गत वर्ष मिस इन्डिजिनियसकी विजेता किरात राई यायोक्खा शाखाकी सिमा राई र मिस्टर इन्डिजिनियसमा थारु कल्याणकारिणी सभाका केशव महतो विजेता बन्न सफल भएका थिए ।