मणिपुरमा २० वर्षपछि हिन्दी फिल्म देखाइँदै
मुम्बई - ‘भारतमै हिन्दी फिल्मलाई प्रतिबन्ध’ झट्ट सुन्दा पत्यार नलाग्न सक्छ तर भारतको पूर्वोतर राज्य मणिपुरमा यस्तै नै चलन छ । विगत २० वर्षदेखि त्यहाँ हिन्दी फिल्म चलाउन प्रतिबन्ध छ । तर मंगलबार स्वतन्त्रता दिवसको अवसर पारेर त्यहाँका आदिवासी विद्यार्थीहरूको संगठन ‘द हमार स्टुडेन्ट एसोसिएसन’ले हिन्दी फिल्मको सार्वजनिक प्रदर्शन गर्ने भएको छ । चलचित्र मंगलबार साँझ देखाइने विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो आतंककारी र मेइतेई समूह दुवैविरुद्ध हाम्रो विद्रोह हो । मणिपुर राज्यले पनि वर्षौँदेखि यहाँको आदिवासीलाई तल्ला दर्जाको नागरिकको रुपमा गरेको व्यवहारको पनि जवाफ हो ।’
मेइतेई जातका मानिसको बाहुल्य रहेको मणिपुरमा महिलाहरुको यो समूहले पनि आदिवासीमाथि थिचोमिचो गर्दै आइरहेको छ । सन् २००६ मा हमार समुदायका २० बढी महिलामाथि आतंककारीको समूहले सरकार समर्थित सेनालाई सहयोग गरेको भन्दै बलात्कार गरेको थियो । हमारले स्वतन्त्रता र न्यायको लडाइँमा समर्थन जनाउन पनि फिल्मको प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।
विगत २० वर्षदेखि मणिपुरमा कुनै पनि हिन्दी फिल्म चल्ने मौका पाएका छन् । हिन्दी फिल्म प्रतिबन्धमा पर्नुअघि सन् २०९८ मा त्यहाँ ‘कुछ कुछ होता है’ चलेको थियो ।
तर मंगलबार कुन हिन्दी फिल्म देखाइन लागेको हो भन्ने कुरा चाहिँ खुलाइएको छैन ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया