'रङ्गेली' बाट हट्यो ' ग्याङ्स्टर्स', शिवरात्रीमा रिलिज

काठमाडौँ - भदौ तेस्रो सातादेखि फ्लोरमा निस्किने तयारीमा रहेको चलचित्र 'रङ्गेली ग्याङ्स्टर्स' को नाम 'रङ्गेली' राखिएको छ । निर्माण टिमले सोमबार प्रदर्शन मिति जारी गर्दै नाम परिमार्जन गरेको जानकारी गराएको हो । नामलाई लिएर स्थानीय समुदायले आपत्ति जनाएपछि नाम परिवर्तन गरिएको निर्माण टिमले जनाएको छ ।
, ' चलचित्रको छायाङ्कन हुने स्थान मोरङ जिल्लाको रङ्गेलीमा भएको आपसी समझदारीबाट शीर्षक परिमार्जनको निर्णय गरिएको हो । त्यहाँका स्थानीय समुदायका अग्रजहरू तथा स्थानीय निकायबाट यस चलचित्रको शीर्षकमा परिमार्जनको लागि आग्रह गरिएको थियो । उहाँहरूको आग्रहलाई सम्मान गर्दै शीर्षक परिमार्जन गरिएको हो । यद्यपि, चलचित्रको स्क्रिप्टमा कुनै परिमार्जन गरिएको छैन ' विज्ञप्तिमा भनिएको छ ।
साथै, वक्तव्यमार्फत 'रङ्गेली'को रिलिज महाशिवरात्रीको अवसरमा मिति २०८० सालको फागुन २५ गतेलाई औपचारिक रुपमा तोकिएको छ । यस चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रविण खतिवडा लगायतको प्रमुख भूमिका रहनेछ । आगामी भदौ २० गतेबाट चलचित्र छायाङ्कनमा जानेछ ।
चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गर्नेछन् । यो चलचित्रलाई सुशन प्रजापतिले छायाङ्कन गर्दैछन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया