राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग थाई नेपाली संघका पदाधिकारीको भेट

काठमाडौँ- थाई नेपाली संघ थाइल्याण्डका पदाधिकारीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेट गरेका छन् ।
सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा मंगलबार भएको भेटमा थाइल्याण्डमा बसोबास गर्दै आएका नेपालीमूलका नेपाली भाषी थाई नागरिकलाई गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहल गरिदिन आग्रह गरेका छन् ।
भेटमा अध्यक्ष तिमिल्सिनाले थाइल्याण्डमा बसोबास गरिरहेका नेपाली मुलका नागरिकका समस्याहरू समाधानका लागि आफ्नो ठाउँबाट पहल गर्ने आश्वासन बताए ।
थाई र नेपालबाट दोस्रो विश्व युद्धताका म्यानमार हुँदै थाइल्याण्ड पुगेका नेपाली नागरिकका चौथो पुस्तासम्म बसिसकेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले उपलब्ध गराउने परिचयपत्र पाउनसमेत थाइल्याण्डमा लामो समय बसोबास गरेका नागरिकलाई सदस्य बनाउन कठिन भएको छ ।
गैरआवासीय नेपाली संघको परिचयपत्र नहुँदा नेपालमा आवतजावत गर्न भिसा र अन्य सुविधाबाट वञ्चित हुनु परेको र नेपाली मौलिक संस्कार र संस्कृतिको बोध गराउनका लागि पनि परिचयपत्र आवश्यक भएको नेपाली संघ थाइल्याण्डकी अध्यक्ष वासाना राईले बताइन् ।
थाइल्याण्डमा झण्डै १ लाख नेपाली भाषी नागरिक रहेका छन् ।

अर्थ समितिको बैठक आज एकैदिन दुई पटक बस्ने

वाइसीएल नेपालले श्रम तथा उत्पादन अभियान चलाउने

लुम्बिनी महामन्त्री विक्रम खनाललाई कांग्रेसले गर्यो पार्टीबाटै निस्कासन

प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?
उद्धार, राहत र मानवीय सहयोगमा समन्वय गरी जुट्न कार्यकर्तालाई रास्वपाको आह्वान

रसुवामा बाढी : केन्द्रीय सुरक्षा समितिको बैठक १ बजे

सभापति देउवाद्वारा उद्धार र राहतमा जुट्न आग्रह

प्रतिक्रिया