कोशीका ८० वर्षीय मण्डलले लिए राज्यमन्त्रीको सपथ

विराटनगर- कोशी प्रदेश सभाका ज्येष्ठ सदस्य ८० वर्षीय गयानन्द मण्डलले राज्यमन्त्रीको सपथ लिएका छन् ।
मुख्यमन्त्री उद्धव थापाले मण्डललाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीका रुपमा प्रदेश प्रमुखको कार्यालयमा बुधबार विहान पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
मुख्यमन्त्री थापाले दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मण्डललाई राज्यमन्त्री बनाएका हुन् । मण्डल मोरङमा कांग्रेसभित्र गिरीजाप्रसाद कोइरालाको विश्वास पात्रका रुपमा चिनिएका नेता हुन् । उनी अहिलेपनि कांग्रेसभित्र शेखर कोइराला समुहमा चिनिन्छन् ।
२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन मोरङ क्षेत्र नम्बर ४ (हालको ५) बाट उम्मेदवार बनेका मण्डल माओवादी केन्द्रका शिवकुमार मण्डलसँग ८ मतले पराजित भएका थिए । गत आम निर्वाचनमा उनी मोरङको क्षेत्र नम्बर ५ को (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

प्रतिक्रिया