धरानमा डेंगी महामारीः ११ जनाको मृत्यु भएपछि मेयर हर्कले गुहारे स्वास्थ्य सेवा विभाग

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले डेंगी परीक्षणका लागि किट अभाव हुँदा स्वास्थ्य सेवा विभागसँग डेंगी परीक्षणका लागि १० हजार किट माग गरेका छन् ।
दिनप्रतिदिन डेंगीका बिरामी बढेकाले आवश्यक सामग्रीको अभाव भएको उनले बताएका छन् । उनले बुधबार विभागलाई पत्र लेख्दै दश हजार डेंगी परीक्षण र आवश्यक औषधि माग गरेका हुन् ।
उनले धरान क्षेत्रमा महामारीको रुपमा फैलिएको डेंगी फैलिएकाले दिनप्रतिदिन बिरामीको संख्या बढिरहेको बताएका छन् । उपमहानगरले अस्थायी डेंगी रोग स्वास्थ्य केन्द्र, निःशुल्क डेंगी परीक्षण केन्द्र र वडा कार्यालयको आधारभूत स्वास्थ्य केन्द्रमा दक्ष जनशक्तिमा उपचार भइरहेको उनले पत्रमा उल्लेख गरेका छन् ।
‘हाल केही महिनादेखि व्यापक रुपमा फैलिएको र केहीको ज्यानसमेत लिइसकेको डेंगी धरानमा अत्यधिक मात्रामा बढेको छ,’ उनले भनेका छन् ।
धरानमा हालसम्म डेंगीका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया