काठमाडौंमा मुख्यमन्त्रीको दौडधुप

काठमाडौं : सत्तारुढ नेकपाबाट मुख्यमन्त्री भएकाहरु पार्टीमा चर्कदो अन्तरकलह मिलाउन काठमाडौँमा ब्यस्त छन् । उनीहरु आफ्ना नेताहरूसँग आन्तरिक छलफलमा दिनहु जुटेका छन् । प्रदेशको काम भन्दा उनीहरु दलको काममा काठमाडौंमा ब्यस्त बनेका हुन ।
विषेश गरी मुख्यमन्त्रीहरु शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, शेरधन राई र डोरमणि पौडेल यसमा सक्रिय छन् । उनीहरु काठमाडौंमा नै ब्यस्त रहेका हुन । यद्यपि पौडेललाई भने यो समयमा सक्रिय हुन स्वास्थयले साथ दिएको छैन ।
सातै प्रदेशमा मुख्यमन्त्रीसँग प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बुधबार छुट्टै छलफल गर्नेछन् । अहिलेको प्रदेशको अवस्था अनि आन्तरिक राजनीतिको बारेमा समेत छलफल गर्ने तय भएको छ ।
मन्त्रीपरिषद तथा प्रधानमन्त्री कार्यालयका हेरिरहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारको सञ्चालनदेखि दलभित्रको कुराकानीका लागि यस्ता छलफलहरु हुनु सामान्य भएको बताए । ‘औपचारिक/अनौपचारिक छलफलहरू भइरहनुपर्छ’ उपप्रधानमन्त्री पोखरेलले भने, ‘अहिले पनि त्यस्तै छलफलहरु भएका होलान् ।’
सबै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले पहिले पनि यसप्रकारको छलफल गर्ने गरेकाले यो नौलो विषय नभएको र पार्टीभित्रको कलहमा यो विषय नजोडिएको समेत एक अर्का नेताले बताए ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया