विज्ञापनको नाममा ३५ लाखभन्दा बढीको ठगी, उद्योग वाणिज्य संघका पदाधिकारीहरु पनि ठगिए

जनकपुरधाम - काठमाडौँबाट नेपाल भिजिट र येलो नामक पत्रिका प्रकाशन गर्ने भनेर जनकपुुरधामका एक दर्जनभन्दा बढी व्यवसायीको ३५ लाखभन्दा बढी ठगेर सिमरजित सिंह र कविता प्रसाई फरार भएका छन् ।
बुधबार पीडित व्यवसायीहरुले पत्रकार सम्मेलन गरी सिंह र प्रसाईले एक दर्जनभन्दा बढी ब्युटिसियन र होटल व्यवसायीहरूको १० हजारदेखि ४ लाखसम्म गरी ३५ लाख ठगेर फरार भएको बताए ।
जनकपुरधामको भ्रमरपुराचौकस्थित बिरयानी हाउसका संचालक रघुनाथ पण्डितको सबैभन्दा बढी ४ लाख रुपैयाँ ठगेका छन् । विज्ञापनसहित पत्रिकाको कार्यालय स्थापना र व्यवस्थापनको नाममा ठगेको उनले बताए ।
पण्डितले पीडा सुनाउंदै भने, सिंह र प्रसाईले विज्ञापन एजेन्सी र पत्रिकाको कार्यालयको लागि ८ लाख रुपैयाँ खर्च लाग्ने भनेर दुवै पक्षबीच सम्झौता भयो । जसमध्ये विभिन्न समयमा ४ लाख रुपैयाँ दिए । त्यसयता उनीहरु फरार भएका छन् । सम्पर्क गर्दा मोबाइल स्वीच अफ छ । केहीदिन पहिला कुरा हुँदा तपाई को हो भनेर अपरिचित जस्तो व्यवहार गरेको उनले बताए ।
प्रसाँईकी छोरीको नाउँमा रहेको नेक्सया एडभरटाइजिङ्ग एण्ड मार्केटिङ्ग सर्भीसेज नामक संस्थाको कागजातको आधारमा दुवै जनाले जनकपुरधामको व्यवसायीलाई ठगेका छन् । केही सोधखोज नै नगरी पत्रिका प्रकाशनको नाममा जथाभाबी रकम दिनु कतिको उचित भन्ने सञ्चारकर्मीको जिज्ञासामा पीडितहरुले भने, अन्तराष्ट्रियस्तरको पत्रिका हो, पत्रकार त झुट बोल्दैन सोचेर हामीले रकम दिएको हौ ।
जउवा संघका उपाध्यक्ष र सचिव पनि ठगिए
जनकपुरधाम उद्योग बाणिज्य संघकी उपाध्यक्ष एवं जिन्नी ब्युटि पार्लरकी सञ्चालिका दिपिका राय र सचिव फुलदेव पण्डित समेत ठगिएका छन् । पत्रकार सम्मेलनमा उपस्थित रायले पत्रिकामा जनकपुरधामको विषयवस्तु राख्ने भनी बल्याकमेल गरेर विज्ञापनको नाममा आफूसहित अन्य व्यवसायीको ३५ लाखभन्दा बढी रकम ठगेर सिंह र प्रसाई फरार भएको बताइन् ।
‘एलो बुक’ एलो पेज टुरिजम बुक नामक पुस्तक प्रकाशन गर्ने जस्मा जनकपुरधामको हरेक विषय वस्तु, पर्यटनको केन्द्र, जानकी मन्दिरको गरिमा, घुम्नैपर्ने स्थानसहितका विवरण हुने र सोही पुस्तकमा यहाँहरुको पार्लर र होटलको विज्ञापन पनि प्रकाशन हुने भन्दै उनीहरूले पैसा नसुलेको उनले बताइन् । अहिले उनीहरू फरार छन् । तर न्यायका लागि आफू प्रहरी प्रशासन समक्ष जाने उनले बताइन ।
यस्तै सचिव पण्डितले पनि नेपाल भिजिट भन्ने अन्तराष्ट्रिय स्तरको पत्रिकामा जनकपुरधामका बारेमा छाप्ने भनेको बताए । सो पत्रिकाले जनकपुरधामकै गौरव बढ्ने सोचेर विज्ञापनका नाममा पटक पटक गरी ४५ हजार रुपैयाँसम्म दिए । तर अहिले उनीहरू सम्पर्क विहीन भएका छन् ।
लुमिनस ब्युटिपार्लरकी गिता पौडेलसँग उनीहरूले सापटीसहित १ लाख १० हजार रुपैयाँ लिएका छन् । स्थानीय एक महिला पत्रकारको सम्पादनमा पत्रिका प्रकाशन गर्ने भन्नेपछि विश्वास लागेको उनले बताइन् । २ ३ दिन अगाडि सम्म प्रसाँई सम्पर्कमै थिइन् तर अन्तिम दिन पैसा माग्दा तपाईहरुलाई जे गर्नुछ गर्नु सिमरजित को हो चिन्दिन भनेपछि आफूहरु ठगिएको चाल पाएको बताइन् ।
पीडितहरुले न्यायका लागि कानुनी उपचार खोज्ने बताए । जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिने तयारीमा उनीहरू छन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया