विदेशमा चाहिँ फ्लप भयो ‘गदर २’

मुम्बई - भारतको बक्स अफिसमा अभूतपूर्व कमाइ गरिरहेको ‘गदर २’ विदेशमा भने असफल मानिएको छ । यो फिल्मले विकेन्डमा २.१६८ मिलियन अमेरिकी डलर कमाइ गरेको र यसले पाएका हल संख्याको तुलनामा न्यून रहेको व्यापार विश्लेषकले जनाएका छन् ।
भारतमा तीन दिनमै सय करोडको आँकडा पार गर्दा विदेशमा भने फिल्मले १७ करोड हाराहारी कमाइ गरेको बताइएको छ जुन कम हो । यसअघि रिलिज ‘पठान’ले विदेशबाट ४८ मिलियन डलर कमाइ गरेको थियो भने ‘रकी और रानीकी प्रेमकहानी’ले १४ मिलियन । यो तुलनामा पनि ‘गदर २’को कमाइ कम मानिएको छ ।
सन्नी देओल, अमिषा पटेल र उत्कर्ष शर्माको मुख्य भूमिका रहेको यो फिल्मले एक हप्तामै तीन सय करोडको आँकडा छोएको छ । योसँगै फिल्मलाई भारतमा सर्वाधिक कमाउने फिल्मको रुपमा रेकर्ड राख्ने फिल्मको रुपमा हेरिएको छ । भारतमा यो कीर्तिमान ‘पठान’को नाममा छ । यो फिल्मले ५ सय करोड माथिको व्यापार गरेको थियो ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया