सलोनको शब्द, संगीत तथा स्वरमा 'सपनाको वेडिङ'

काठमाडौँ - अर्का अभिनेता आमेश भण्डारीसँग मिलेर केही गीत गाएका सलोन बस्नेतले रिलिजको संघारमा रहेको फिल्म 'जय हो'मा भने एकल गीत गाएका छन् । बिहीबार सार्वजनिक 'सपनाको वेडिङ्' बोलको गीतमा सलोनले शब्द र सगीत पनि आफैँ तयार गरेका हुन् ।
सार्वजनिक गीतमा सिनेमाका मुख्य पात्र केकी र सलोनले अभिनय गरेका छन् । 'सपनाको वेडिङ्ग' बोलको गीतको गीतमा रिसाएकी प्रेमिका केकी फकाउँदै गरेको अवस्थामा सलोन चित्रित छन् । रोमान्टिक फ्लेवरमा तयार पारिएको गीतको अडियो र भिडियो उत्कृष्ट बनेको आभाष हुन्छ ।
सिनेमाका यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकको मन जितेकाले पनि अभिनेता बस्नेत आफैले तयार पारेको गीतबाट निर्माण टिम अझै आशावादी देखिन्छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो सिनेमाबाट बक्सअफिसमा सफल हुने आशमा छन् ।
सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको सिनेमामा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ, कुमार थिङ र सुबि मगरको अभिनय रहेको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।
आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया