राप्रपाले गरायो धरानमा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं - राप्रपाले सुनसरीको धरानमा भएको सामाजिक सद्भाव खल्बल्याउने गतिविधिप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा भएको कानुन वर्जित घटनालाई लिएर राप्रपाले सरकारको ध्यानाकर्षण गराएको हो । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति निकालेर बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो। सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सद्भाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिको पूर्णपाठ :
बहुसंख्यक हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमाथि आघात पुग्ने गरी धरानमा सार्वजनिक रुपमा गोरु काट्नु, भिडियो बनाउनु र सामाजिक सञ्जालमा पोस्ट गर्नु दुःखद र आपत्तिजनक छ। सामाजिक सदभाव खल्बल्याउने गरी भएका यस्ता गतिविधिप्रति राप्रपाको गम्भीर ध्यानाकर्षण भएको छ ।
आपसी एकता, सदभाव र धार्मिक सहिष्णुता नेपालको पहिचान हो। सदियौंदेखि कायम रहेको नेपालको सामाजिक, धार्मिक सदभाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा राप्रपा प्रष्ट छ । उक्त घटनाका सम्बन्धमा गम्भीर बन्न र आवश्यक तदारुकता देखाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।
मोहन कुमार श्रेष्ठ
प्रवक्ता एवं प्रचार विभाग प्रमुख
राष्ट्रिय प्रजातन्त्र पार्टी ।
मिति : ३२ साउन, २०८०

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया