प्रदेश निजामती विधेयक बनाउँदै कर्णाली सरकार

सुर्खेत- कर्णाली सरकारले प्रदेश निजामती विधेयक बनाउन लागेको छ । उक्त विधेयक निर्माणका लागि विभिन्न चरण पार गरेर आज प्रदेश सभामा दर्ता समेत गरिएको छ ।
कर्णाली प्रदेशको निजामती सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सभामा टेबुल भएको छ । सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आज बसेको सभाको बैठकमा विधेयक टेबुल गरेका हुन् । उक्त विधेयकको ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गरिएको छ ।
प्रदेश मन्त्रिपरिषदले आफ्नो प्रशासन सञ्चालन गर्न आवश्यकता अनुसार कानुन बमोजिम विभिन्न सरकारी सेवाहरूको गठन र सञ्चालन गर्न सक्ने संवैधानिक व्यवस्था बमोजिम विधेयक टेबुल गरिएको छ । प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका सर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले सभालाई जानकारी गराए ।

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_xCyiEBCLUa_jxhhfcz2ywqoz3hemimircsignexcyyxbev3m3iwynelfirol6rwnhdck48x.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

‘स्काभेटर’ दुर्घटनामा दुई जनाको मृत्यु

गाउँपालिकाका उपाध्यक्षद्वारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

प्रतिक्रिया