वीपी प्रतिष्ठानका 'इन्टर्न' चिकित्सकले अस्पतालमा सेवा दिन छाडे

काठमाडौँ- धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न संघर्ष समितिका चिकित्सकले प्रतिष्ठानमा सेवा दिन छाडेका छन् । इन्टर्न चिकित्सकले पाउँदै आएको पारिश्रमिक कम भएको भन्दै उनीहरू प्रतिष्ठानमा आन्दोलित थिए ।
इन्टर्न चिकित्सकको जीवन निर्वाहमुखी पारिश्रमिक नभएकाले हिजोदेखि (बुधबार) प्रतिष्ठानमा सेवा दिन छाडेको समितिका डा. प्रशान्त राईले जानकारी दिए ।
यसअघि समितिका सदस्य र प्रतिष्ठानका विद्यार्थी कल्याण समाजले पटक-पटक पदाधिकारीसँग छलफल गरेका थिए । गत १६ गते भएको प्रतिष्ठानमा संघर्ष समितिका चिकित्सक र पदाधिकारीबीच सहमतिसमेत भएको थियो ।
सहमतिमा उनीहरूले २३ हजार रुपैयाँ पाउने उल्लेख गरिएको थियो । यसअघि उनीहरूले १८ हजार ३ सय रुपैयाँ पाइरहेका थिए ।
समितिले गरेको सिफारिस कार्यान्वयनमा नआएको डा. राईले गुनासो गरे । केही दिनअघि मात्र समितिका चिकित्सकले सम्झौता भएको प्रतिवेदनलाई कार्यान्वयन गर्न चेतावनी दिएका थिए ।
सहमति कार्यान्वयन बिरामीको सेवामा नफर्कने चेतावनी दिएका थिए । यसबाट सिर्जित समस्याको जिम्मा लिन प्रतिष्ठान र पदाधिकारी तयार रहनु पर्ने उनीहरूको भनाइ थियो ।
‘प्रतिष्ठानका उपकुलपतिले आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम सक्नु भएको छ,’ उनले भने,’ तर, रजिष्ट्रार र अस्पतालका निर्देशकले यो कुरालाई गम्भीरताका साथ लिएका छैनन् । त्यसैले संघर्ष समितिका चिकित्सकलाई यो आन्दोलन गर्नुको अर्को विकल्प छैन ।‘

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

प्रतिक्रिया