सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

महिला विश्वकपमा खराब प्रदर्शनपछि अमेरिकाका प्रशिक्षकले दिए राजीनामा

काठमाडौँ- न्यूजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबलमा खराब प्रदर्शन गरेपछि अमेरिकाका मुख्य प्रशिक्षक भ्लाट्को एन्डोनोस्कीले राजीनामा दिएका छन् ।

सर्वाधिक चार पटकको विजेता अमेरिका अन्तिम १६ को खेलमा स्विडेनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

चार पटक विश्वकप जित्नुबाहेक अमेरिका अन्य विश्वकपमा कम्तिमा पनि तेस्रो हुने गरेको थियो ।

भ्लाट्कोले राजीनामा दिएपछि सहायक प्रशिक्षक ट्विला किलगोरलाई अन्तरिम मुख्य प्रशिक्षक नियुक्त गरिएको छ ।