सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

सावित्राले डेब्यु खेलमै गोल गर्दा हापोएल रानाना विजयी

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले डेब्यु खेलमै गोल गर्दा इजरायलको हापोएल रानाना विजयी भएको छ ।

अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० ले पराजित गर्दा सावित्राले एक गोल गरिन् ।

हापोएल रानानाका लागि अर्को गोल आदि गोल्डेनले गरेकी थिइन् ।

सावित्रा युरोपेली क्लबबाट खेल्ने पहिलो नेपाली खेलाडी हुन् । उनी हापोएल रानानाले खेल्ने शीर्ष डिभिजनको लिग समेत खेल्नेछिन् ।